नियम
राष्ट्रिय सीप परीक्षण समितिको गठन
(१) सीपको वर्गीकरण, परीक्षण तथा प्रमाणीकरण सम्बन्धमा आवश्यक काम गर्नको लागि देहायको एक राष्ट्रिय सीप परीक्षण समिति गठन गरिएको छः–
(क) सदस्य–सचिव, परिषद् – अध्यक्ष
(ख) त्रिभुवन विश्वविद्यालय, इन्जिनियरि· अध्ययन संस्थानको डीन वा निजले तोकेको सो राजपत्राड्ढित प्रथम श्रेणी सरहको व्यक्ति – सदस्य
(ग) सह–सचिव, शिक्षा तथा खेलकुद मन्त्रालय – सदस्य
(घ) सह–सचिव, परीक्षा तथा सिफारिस महाशाखा, लोक सेवा आयोग – सदस्य
(ङ) महानिर्देशक, सहरी विकास तथा भवन निर्माण विभाग – सदस्य
(च) महानिर्देशक, श्रम तथा रोजगार प्रवद्र्धन विभाग – सदस्य
(छ) महानिर्देशक, घरेलु तथा साना उद्योग विभाग – सदस्य
(ज) अध्यक्ष, घरेलु तथा साना उद्योग महासंघ – सदस्य
(झ) अध्यक्ष, जनशक्ति विकास समिति, उद्योग वाणिज्य महासंघ – सदस्य
(ञ) अध्यक्ष निर्माण व्यावसायी महासंघ नेपाल – सदस्य
(ट) निजीस्तरमा व्यावसायिक तालीम प्रदान गर्ने संस्थाहरुमध्येबाट परीक्षण समितिद्वारा मनोनीत एकजना – सदस्य
(ठ) श्रमिकहरुको व्यावसायिक संघ, संगठनहरु मध्येबाट परिषद्द्वारा मनोनीत दुईजना – सदस्य
(ड) रोजगारदाता वा गैरसरकारी संस्थाहरुमध्येबाट परीक्षण समितिद्वारा मनोनीत एकजना – सदस्य
(ढ) उद्योगपति तथा उद्योग व्यावसायसंग प्रत्यक्ष सरोकार भएका व्यक्तिहरुमध्येबाट परीक्षण समितिद्वारा मनोनीत एकजना – सदस्य
(ण) निर्देशक, सीप परीक्षण महाशाखा, परिषद् – सदस्य–सचिव
(२) उपनियम (१) बमोजिम मनोनीत सदस्यहरुको पदावधि दुई वर्षको हुनेछ ।
(३) परीक्षण समितिले आवश्यक देखेमा कुनै विशेषज्ञ वा सल्लाहकारलाई परीक्षण समितिको बैठकमा पर्यवेक्षकको रुपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।
(४) परिषद्को सीप परीक्षण महाशाखाले परीक्षण समितिको सचिवालयका रुपमा काम गर्नेछ ।